बि.स २०७३।०९।२६ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार आ.व. २०७३।७४ देखि दश बर्षका लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सुरु भएको हो । नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत व्यवसायिक उत्पादन तथा प्रशोधन केन्द्र ( जोन ) बिकास कार्यक्रम पर्दछ । राष्ट्रिय प्राथमिकता र स्थानीय उत्पादनका आधारमा तोकिएको बाली न्यूनतम ५०० हेक्टरमा सञ्चालन भएमा त्यस्तो क्षेत्रलाई जोन भनिन्छ । कृषि उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने उद्धेश्यले उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो र खास गरि नेपाल सरकारले कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्मोग तथा तथा रुपान्तरण आधुनिक व्यवसायिक र दिगो आत्मनिर्भर मार्फत कृषि क्षेत्रको बिकास गर्ने सोच राखेको छ ।

हाल सम्म नेपालमा ६९ जोन सञ्चालनमा रहेका छन् । कृषि क्षेत्रलाई आधुनिकिकरण, यान्त्रिकिकरण गर्दै फलफूल तथा वालीको उत्पादन र उत्पादत्व बृद्धि गर्न कृषिलाई ब्यबसायिकरण गर्नु यस कार्यक्रम सञ्चालनको मुख्य उद्धेश्य हुन् । परियोजनाको अवधी १० वर्षको हुनेछ र यस अवधिमा ३०० जोन पुराउने लक्ष्य रहेको छ । त्यसै अन्तर्गत गुल्मी जिल्ला पनि सुन्तला र कफि जोनको रुपमा घोषणा गरिएको जिल्ला हो । जसअनुसार गुल्मीका विभिन्न स्थानीय तह मध्य कालिगण्डकी गाँउपालिकाको वडा नं २ र ३ पनि सुन्तला जोन क्षेत्र घोषणा गरेको थियो । कालिगण्डकी गाँउपालिकाको वडा नं २ अर्वेनी को कोट,भएकोट,निगाँरेमा र वार्ड न ३ जयखानिको लम्सराङमा सुन्तला खेति राम्रो भएको देखिन्छ। यी ठाँउहरुमा सुन्तलाको लागि उपयुक्त हावापानी रहेको छ । सुन्तला खेतिको लागि हलुका दोमट र प्राङ्गरिक माटो उपयुक्त मानिन्छ र यी क्षेत्रहरुमा पनि माटो परिक्षण गर्दा उपयुक्त देखिएको छ ।

अर्बेनि वडाका मुख्य सुन्तला पाईने कोट,भएकोट,निगाँरे जस्ता टोल र जयखानिको लम्सराङमा विगतका वर्षहरुबाट नै प्रशस्त सुन्तला खेति उत्पादन बिक्रि वितरण हुदै आएको छ । नेपाल सरकारले घोषण गरेको जोन अन्तर्गत समावेश भए पश्चात संघीय,प्रदेश र स्थानीय तह गाँउपालिकाबाट किसानले सहयोग तथा अनुदान प्राप्त गर्देै राम्रो उत्पादन र बिक्रि बितरण हुदाँ कृषक आत्मनिर्भर बन्दै गएका छन् । प्रशस्त मात्रामा उत्पादन हुने बिक्रि वितरणमा सहजता र नगदि रुपमा बेच्न पाईने हुदाँ कृषक आकर्षित छन् र यस बर्ष विगतको बर्ष भन्दा व्यवस्थित रुपमा खेति गरेको हुदाँ राम्रो उत्पादन हुने अनुमान गर्न सकिन्छ । यस कृषि जोन कार्यक्रमबाट व्यवसायिक कृषक समुहहरु, सहकारी , निजि कृषक लाभाम्वित भएका छन् ।
