तेश्रो किलचोक कप शुरु ।खबर बुटवल

वि वि श्रेष्ठ, म्याग्दे
न्यु अकला युवा क्लवको आयोजनामा तेश्रो किलचोक भलिवल कप शुरु भएको छ । खेलाडी मान होईन, सम्मान होे । खेलकुद ज्ञान होईन पहिचान हो भन्ने मुल नाराका साथ शुरु भएको तेश्रो किल्चोक कप म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गर्नुभएको थियो ।
न्यु अकला क्लवका अध्यक्ष श्री दान वहादुर सारु मगरको अध्यक्षतामा भएको सो किलचोक कप भाद्र ११ देखि १४ गतेसम्म चल्ने आयोजकले वताए । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर शुरु गरिएको उक्त कपमा १० भलिवल समुह सहभागी हुने वताईएको छ ।
भलिवल कप को उद्घाटन गर्दे म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले खेलकुद जीवनको महत्वपुर्ण पक्ष भएको वताए । विशेष गरि युवा उमेरमा खेलिने खेलकुद स्वास्थ्य जीवनको महत्वपुर्ण पाटो हो । खेलकुदले सकारात्मक सोच, नविनतम जोश जाँगर र सृजनशिल मस्तिष्क विकास हुने समेत वताए । खेलकुद देशको नै गहना र पहिचान समेत हो, श्रेष्ठले भन्नुभयो । विदेशमा विभिन्न देश खेलकुदको माध्यामवाट परिचित भएको हुदाँ देशको अस्तित्वका लागी पनि खेलकुदमा लाग्नुपर्ने अध्यक्ष श्रेष्ठले वताए । नियमित खेलले जीवनलाई स्पातिलो र स्फुति वनाउने हुदाँ यसले सकारात्मक समाज निर्माण गर्न टेवा पुग्ने समेत वताए ।
यसैगरि म्याग्दे वडा नं ३ का अध्यक्ष टुकराज अधिकारीले खेलकुदले युवाशक्तिको विकास गर्ने वताए । विभिन्न खेलहरु हाम्रा शरिरका लागी महत्वपुर्ण हुने हुदाँ खेलकुदले जीवनको रुपरेखा कोर्ने वताए । जव शरिर स्वस्थ्य रहन्छ, जीवनमा सम्भावनाको असिमित ढोकाहरु खुल्दछ, अधिकारीले भने ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.